२०८३ असार २० गते, शनिबार १३:१९

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज

वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा नेतृत्व, अनुशासन र जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यका साथ इन्भेस्टिच्युर सेरेमोनी तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा विद्यालयको विद्यार्थी परिषद्मा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराई आधिकारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो। साथै, वार्षिक परीक्षामा नर्सरीदेखि कक्षा ९ सम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा प्याबसन वीरगन्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवप्या बसनका सल्लाहकार तथा हिसानका उपाध्यक्ष आलोक कुमार चौरसिया, युरो किड्सका सञ्चालक राजेश राणा, ब्युटिसियन एक्सपर्ट सम्झना गुरुङ, हिन्दू पत्रकार महासङ्घका अध्यक्ष राजन रौनियार, अग्निपथ मिडियाका सञ्चालक संजय कुशवाहा तथा अग्निपथ मिडियाका सदस्य रवि वर्णवाल लगायत विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो।

हिन्दू पत्रकार महासङ्घका अध्यक्ष राजन रौनियारले विद्यार्थी जीवनमा निरन्तर सिकाइ नै सफलताको मूल आधार भएको उल्लेख गर्दै विद्यार्थी परिषद्को नेतृत्व स्वीकार गर्नु गौरव मात्र नभई ठूलो जिम्मेवारी पनि भएको बताए। नेतृत्वले अनुशासन, इमानदारी र सेवाभाव सिकाउने भएकाले यस अवसरको सही सदुपयोग गर्न उनले विद्यार्थीहरूलाई प्रेरित गरे।

त्यसैगरी, प्याबसन का सल्लाहकार तथा हिसानका उपाध्यक्ष आलोक कुमार चौरसियाले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै कठिनाइका बीच पनि अध्ययनप्रतिको निरन्तरता र उच्च मनोबल कायम राखे जीवनका जुनसुकै लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गरे। उनले विद्यार्थी परिषद्का नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना पनि दिए।

विद्यालयका प्रिन्सिपल स्वीकार यादवले स्वागत मन्तव्यका क्रममा अतिथि तथा अभिभावकप्रति आभार व्यक्त गर्दै प्रतिस्पर्धामा हार र जित दुवै सिकाइका अवसर भएको बताइन्। “मानिसले प्रतिस्पर्धामा कि जित्छ, कि सिक्छ। जित्नेले आफूलाई प्रमाणित गर्छ भने हार्नेले आफ्ना कमजोरी सुधारेर भविष्यमा अझ सशक्त रूपमा सफलता हासिल गर्छ,” भन्दै उनले विद्यार्थीहरूलाई कहिल्यै निराश नहुन प्रेरित गरिन्।

कार्यक्रमको समापन गर्दै विद्यालयका डाइरेक्टर विराज यादवले विद्यालयप्रति अभिभावकले देखाएको अटुट विश्वास, माया र सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले भने, “सूर्योदय परिवारप्रति अभिभावकको विश्वास र साथकै कारण विद्यालय दिनप्रतिदिन प्रगतिको नयाँ उचाइमा पुगिरहेको छ। यही माया, विश्वास र सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा गर्दछौं।”

उनले सम्मानित विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गरी विद्यालय, परिवार र राष्ट्रको नाम उज्ज्वल बनाउन शुभकामना व्यक्त गरे।

विद्यालयका अनुसार, यस्ता कार्यक्रमहरूले विद्यार्थीमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, आत्मविश्वास, अनुशासन र उत्कृष्ट कार्यप्रतिको प्रेरणा जगाउने विश्वास लिइएको छ। सम्मानित विद्यार्थीहरूको अनुकरणीय उपलब्धिले अन्य विद्यार्थीलाई पनि उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने विद्यालयको अपेक्षा रहेको छ।

“आजको सम्मानले भोलिको नेतृत्व निर्माण गर्छ” भन्ने मूल भावसहित सम्पन्न उक्त कार्यक्रमले विद्यार्थी, अभिभावक तथा अतिथिहरूमा उत्साह र सकारात्मक ऊर्जा थपेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस