२०८३ असार ३० गते, मंगलवार १५:०३

गणेश नेपालीको सम्झनामा स्वतन्त्र चालक फाउन्डेसनद्वारा दिप प्रज्वलन

काठमाडौं –

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको सम्झनामा स्वतन्त्र चालक फाउन्डेसनले दिप प्रज्वलन गरेको छ ।

सोमबार साँझ फाउन्डेसनका पदाधिकारी एवम सदस्यहरुसहितको समूहले माइतीघर मण्डलामा दिप प्रज्वलन गरेको हो । सो अवसरमा उनीहरुले ट्राफिक सम्बन्धि सचेतनामूलक सन्देश पनि प्रवाह गरेका थिए । 

उपचारका क्रममा शुक्रबार निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले सोमबार शव बुझेसँगै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । 

असार २५ गते राहदानी विभागअगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्लील लक लगाएका थिए । त्यसपछि आत्मदाह प्रयास गरेका उनको वीर अस्पतालमा उपचार क्रममा शुक्रबार मृत्यु भएको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस