शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले सरकारद्वारा जारी नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोध गर्दै शुक्रबारदेखि आन्दोलन सुरु गरेको छ। आन्दोलनको पहिलो दिन काठमाडौंको पुतलीसडक चोकमा व्यवसायीहरूले प्लेकार्डसहित प्रदर्शन गरेका छन् । उनीहरूले ‘शिक्षा सेवा हो, अपराध होइन’, ‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’, ‘विद्यार्थीको भविष्य सुरक्षित बनाऔँ’ लगायतका नारासहित सरकारको नियमावलीप्रति असन्तुष्टि जनाएका हुन् ।

अख्तियारमा नक्कली उजुरी दिने एक जना पक्राउ
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्कै व्यक्तिको नामबाट नक्कली











