काठमाडौँ –
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले सरकारका नियमित प्रशासनिक तथा नीतिगत प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्नेछ।
आजको बैठकले रिक्त एक सचिव पदमा बढुवा गर्ने निर्णयसमेत गर्न सक्ने बताइएको छ। केही दिनअघि सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरी सरकारसमक्ष पठाइसकेको छ।
समितिको सिफारिस मन्त्रिपरिषद्मा पेस भइसकेकाले आजको बैठकबाट सचिव बढुवाको निर्णय हुन सक्ने सिंहदरबारस्थित उच्च प्रशासन स्रोतले जनाएको छ।
बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका अन्य प्रस्तावमाथि पनि छलफल तथा निर्णय हुने बताइएको छ। साथै, सरकारले केही महत्त्वपूर्ण प्रशासनिक तथा नीतिगत निर्णयसमेत गर्न सक्ने जनाइएको छ।











