२०८३ आश्विन २७ गते, मंगलवार १४:५०

रसुवा र नुवाकोटका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन सञ्चारमन्त्रीको आग्रह

काठमाडौं –

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताएका छन् । 

बुधबार सामाजिक सञ्जालमार्फत उनले सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

‘भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको दुःखद समाचार प्राप्त भएको छ, उनले लेखेका छन्, ‘सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन, उद्धार तथा राहत तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकेको छ ।’  

उनले उद्धार तथा राहतका लागि आवश्यक तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्नसमेत निर्देशन दिइएको बताए । 

उनले भने, ‘रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई विशेष सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु ।’ 

उनले बाढीको जोखिमलाई मध्यनजर गर्दै रसुवा र नुवाकोटका नदी तटीय तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरे । नदी किनार तथा पहिरोको जोखिम भएका स्थानमा नजान र अनावश्यक यात्रा नगर्न समेत अनुरोध गरेका छन् । 

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस