२०८३ भाद्र १० गते, बुधबार १२:५०

रसुवामा बाढीको वितण्डा : प्रहरीका तीन कार्यालय बगे, उद्धारका लागि सेनाका हेलिकप्टर परिचालन; चार जिल्लातर्फको यातायात रोकियो

काठमाडौं –

तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएपछि उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ। बाढीका कारण नेपाल प्रहरीका तीन वटा कार्यालयमा ठूलो क्षति पुगेको छ भने प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर परिचालन गरिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीका कारण रसुवाका इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति पुगेको छ। ती कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको अवस्था तथा अन्य क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन सकेको छैन।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाले दुई वटा हेलिकप्टर रसुवातर्फ पठाएको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रमा पठाइएको हो। आवश्यकताअनुसार थप एउटा हेलिकप्टरसमेत पठाउने तयारी भइरहेको उनले जानकारी दिए।

हवाई उद्धारसँगै नेपाली सेनाको टोली स्थलमार्गबाट पनि घटनास्थलतर्फ परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत कार्य अघि बढाउने प्रयास भइरहेको सेनाले जनाएको छ।

यसैबीच, रसुवामा आएको बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चार जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनतर्फ जाने सवारीसाधनलाई तत्कालका लागि काठमाडौंमै रोकिएको हो। बाढी तथा पहिरोका कारण सडकमार्गमा समेत जोखिम बढेकाले सम्भावित दुर्घटना र थप क्षति रोक्न सवारी आवागमनमा रोक लगाइएको उनले बताए।

तिब्बततर्फबाट आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। भोटेकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि आसपासका बस्ती तथा पूर्वाधारसमेत जोखिममा परेका छन्।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने अझै आउन सकेको छैन। सुरक्षाकर्मी तथा उद्धार टोली प्रभावित क्षेत्रमा पुग्ने क्रम जारी रहेकाले थप विवरण प्राप्त भएपछि क्षतिको यकिन अवस्था खुल्ने अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन , प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा

पूर्वसांसद हजराद्वारा विद्यालय भवनको शिलान्यास, डा. गोविन्द केसीको हठका कारण चिकित्सा शिक्षा क्षेत्रले प्रगति गर्न नसकेको आरोप

वीरगन्ज- एक करोड ८६ लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुन

रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन , प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा

पूर्वसांसद हजराद्वारा विद्यालय भवनको शिलान्यास, डा. गोविन्द केसीको हठका कारण चिकित्सा शिक्षा क्षेत्रले प्रगति गर्न नसकेको आरोप

वीरगन्ज- एक करोड ८६ लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुन

पोडकास्ट सुन्नुहोस