२०८३ भाद्र १० गते, बुधबार २२:००

चितवनबाट काठमाडौं जाने सवारीसाधन सञ्चालनमा रोक, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल

चितवन

भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको धादिङ खण्डअन्तर्गत बैरेनी लगायतका स्थानमा सडक अवरुद्ध भएपछि चितवन जिल्ला प्रशासन कार्यालयले नारायणगढ हुँदै काठमाडौं जाने सबैखाले सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत मदन लामा थिङले बुधबार साँझ एक सूचना जारी गर्दै सडकको अवरोध नहटेसम्मका लागि यातायात सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको जानकारी दिनुभएको छ।

“सडकमा भएको अवरोध हटाउन केही समय लाग्ने सूचना सम्बन्धित निकायबाट प्राप्त भएकाले अर्को सूचना जारी नभएसम्म नारायणगढ हुँदै काठमाडौं जाने सबै प्रकृतिका सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ,” जारी सूचनामा उल्लेख छ।

यसैबिच, बाढीको जोखिम अझै पूर्ण रूपमा निवारण भइनसकेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस