२०८३ भाद्र १८ गते, बिहीबार ११:२७

एमाले पर्सामा गुटगत भिडन्त उत्कर्षमा: जिल्लाले संयोजक तोकेपछि नगर कमिटीद्वारा निर्णय ‘रद्दीको टोकरी’मा

वीरगन्ज

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साभित्रको गुटगत किचलो र शक्ति सङ्घर्ष पुनः एकपटक सतहमै छताछुल्ल भएको छ। जिल्ला नेतृत्वले मनोमानी ढङ्गले वीरगन्ज महानगर कमिटीमा संयोजक तोकेपछि महानगर कमिटीले त्यसलाई सिधै अस्वीकार गर्दै खुल्ला चुनौती दिएको छ।

एमाले पर्साका जिल्ला अध्यक्ष डा. विश्वम्भर कुमार शर्माले भदौ २ गतेको सचिवालय बैठकको बहाना बनाउँदै वीरगन्ज–११ का सुन्दर प्रसाद कुर्मीलाई महानगर कमिटीको ‘संयोजक’ मा नियुक्त गरेको पत्र सार्वजनिक गरेका थिए। जिल्लाको पत्रमा रिक्त अध्यक्ष पद परिपूर्ति गर्न कुर्मीलाई संयोजक बनाइएको र नगर अधिवेशनबाट निर्वाचित अन्य सदस्यहरू उही रहने भन्दै पदभार ग्रहण गर्न निर्देशन दिइएको थियो।

तर, जिल्ला अध्यक्षको यो कदम सार्वजनिक भएको केही घण्टामै एमाले वीरगन्ज महानगर कमिटीका कार्यवाहक अध्यक्ष लियाकत अलीले कडा शैलीमा प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाको निर्णयलाई ‘गैरवैधानिक, विधानविपरीत र सङ्गठनविरोधी’ भन्दै खारेज गरिदिएका छन्।

कावाहक अध्यक्ष अलीद्वारा जारी विज्ञप्तिमा जिल्ला कमिटीले पार्टीको विधान र प्रजातान्त्रिक पद्धतिलाई लत्याएर मनपरी निर्णय गरेको आरोप लगाइएको छ। नगर अधिवेशनबाट निर्वाचित कमिटी नै वैधानिक रहेको दाबी गर्दै अलीले जिल्लाको ‘तथाकथित’ निर्णय र अफवाहको पछि नलाग्न सम्पूर्ण पदाधिकारी तथा कार्यकर्तालाई आह्वान गरेका छन्। साथै, जिल्लाको यो हस्तक्षेपविरुद्ध महानगर कमिटीको आकस्मिक बैठक बसेर कडा कदम चालिने चेतावनीसमेत दिइएको छ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मिचेर जिल्ला र नगर नेतृत्व जुध्न थालेपछि वीरगन्ज एमालेभित्र चरम असन्तोष र गुटबन्दी बढेको छ। जिल्ला नेतृत्वले आफूअनुकूलको व्यक्ति भर्ती गर्न खोजेको र नगर कमिटीले त्यसलाई सिधै अस्वीकार गरेपछि अब दुवै पक्षबीच आधिकारिकताको लडाइँ थप उग्र बन्ने निश्चित छ।

प्रतिक्रिया

गोरखापत्रका पूर्वमहाप्रबन्धक एवं पत्रकार वसन्तप्रकाश उपाध्यायको निधन, गहवामाई मन्दिर परिसरमा अचेत अवस्थामा भेटिएका थिए

वीरगन्ज– गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक एवं ज्येष्ठ पत्रकार वसन्तप्रकाश उपाध्यायको ५५

गोरखापत्रका पूर्वमहाप्रबन्धक एवं पत्रकार वसन्तप्रकाश उपाध्यायको निधन, गहवामाई मन्दिर परिसरमा अचेत अवस्थामा भेटिएका थिए

वीरगन्ज– गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक एवं ज्येष्ठ पत्रकार वसन्तप्रकाश उपाध्यायको ५५

पोडकास्ट सुन्नुहोस