२०८३ भाद्र १८ गते, बिहीबार ११:३३

भोटेकोशी बाढी: मधेस प्रदेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता (सूचीसहित)

वीरगन्ज-

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका मधेस प्रदेशका १९२ जनामध्ये ३० जना नागरिक परिवारको सम्पर्कमा आएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजतलास र विवरण सङ्कलन गर्ने क्रममा ३० जना टेलिफोनमार्फत आफन्तको सम्पर्कमा आएका हुन्। मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (SSP) प्रभुप्रसाद ढकालका अनुसार बाँकी १६२ जना अझै सम्पर्कविहीन रहेका छन्।

सम्पर्कमा आएका व्यक्तिहरू:

प्रहरी प्रवक्ता ढकालका अनुसार सम्पर्कमा आउनेहरूमा वीरगञ्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान रहेका छन्। यस्तै बाराको कलैया–२२ का सत्यम राम र स्वर्ण–३ का रुपेश गुप्ता पनि सम्पर्कमा आएका छन्।

त्यस्तै रौतहटका मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, सेख मजिद, पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल सम्पर्कमा आएका छन्। सर्लाहीका वृजकिशोर दास, सुनिता दास र दिपेश थापा तथा महोत्तरीका राकेशकुमार यादव, ई. विपीनकुमार मण्डल, श्रीकेश यादव, युवराज पाण्डे, सचिनकुमार यादव, आदित्यनारायण यादव र विकास भारती पनि सकुशल सम्पर्कमा आएका छन्।

यसैगरी धनुषाका लक्ष्मण मेहता, दयावतीदेवी यादव, विजयकुमार यादव, सुरेश पजियार, रीतिक झा, विक्रम ठाकुर र सुशान्त यादव तथा सिरहा र सप्तरीका टार्जन बलम्पाकी, उमेश यादव र अजय मरिक टेलिफोनमार्फत आफन्तको सम्पर्कमा आउन सफल भएका छन्।

१६२ जना अझै बेपत्ता, प्रहरीद्वारा विवरण सङ्कलन तीव्र

सम्पर्कमा आएका ३० जना बाहेक मधेस प्रदेशका विभिन्न जिल्लाका १६२ जना नागरिक अझै बेपत्ता छन्। प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म सप्तरीका ४८ जना, पर्साका ३८ जना, बाराका २३ जना, सर्लाहीका १८ जना, रौतहटका १३ जना, सिरहाका १२ जना, महोत्तरीका १० जना र धनुषाका ७ जना अझै सम्पर्कविहीन छन्।

बाढी तथा पहिरोपछि ठूलो सङ्ख्यामा स्थानीयहरू सम्पर्कविहीन भएको सूचना आएपछि मधेस प्रदेश प्रहरीले विशेष टोली परिचालन गरी खोजी कार्यका लागि बेपत्ताहरूको विवरण सङ्कलन कार्यलाई तीव्र बनाएको छ।

मधेस प्रदेश प्रहरीले बाढी प्रभावित क्षेत्रमा आफ्ना आफन्त बेपत्ता भएका नागरिकहरूलाई नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी विवरण उपलब्ध गराउन अपिल गरेको छ।

प्रतिक्रिया

गोरखापत्रका पूर्वमहाप्रबन्धक एवं पत्रकार वसन्तप्रकाश उपाध्यायको निधन, गहवामाई मन्दिर परिसरमा अचेत अवस्थामा भेटिएका थिए

वीरगन्ज– गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक एवं ज्येष्ठ पत्रकार वसन्तप्रकाश उपाध्यायको ५५

गोरखापत्रका पूर्वमहाप्रबन्धक एवं पत्रकार वसन्तप्रकाश उपाध्यायको निधन, गहवामाई मन्दिर परिसरमा अचेत अवस्थामा भेटिएका थिए

वीरगन्ज– गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक एवं ज्येष्ठ पत्रकार वसन्तप्रकाश उपाध्यायको ५५

पोडकास्ट सुन्नुहोस