२०८३ भाद्र २१ गते, आईतवार १३:०८

बारा प्रहरीद्वारा १५१ किलो गाँजा बरामद

वीरगन्ज –

बाराको सीमावर्ती पचरौता क्षेत्रमा ठूलो परिमाणमा गाँजा तस्करीको प्रयास प्रहरीले विफल पारेको छ। प्रहरी देखेपछि ८–९ जनाको तस्कर समूह १५१ किलो गाँजा खेतमै फालेर अँध्यारोमा फरार भएको छ।

शनिबार राति पचरौता नगरपालिका–७ बेनौली क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले निगरानी गरिरहेका बेला पिठ्युँमा गाँजाका पोका बोकेर आउँदै गरेको समूह देखिएको थियो। प्रहरीले नियन्त्रणमा लिन खोजेपछि तस्करहरूले गाँजाका ९ पोका खेतमै फालेर भागेका हुन्।

प्रहरीका अनुसार बरामद गाँजाको कुल तौल १५१ किलो छ। ठूलो परिमाणमा गाँजा बरामद भए पनि तस्करीमा संलग्न एक जना पनि पक्राउ पर्न सकेका छैनन्।

गाँजा कहाँबाट ल्याइएको र कहाँ पुर्‍याउन खोजिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फरार तस्करको पहिचान र खोजी तीव्र पारिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस