२०८३ भाद्र २१ गते, आईतवार २०:५०

पर्सामा ४० किलो गाँजासहित एक युवक पक्राउ

वीरगन्ज-

पर्सा प्रहरीले ४० किलो गाँजासहित एक जना युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घरमै लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा पर्सागढी नगरपालिका वडा नम्बर ३ बस्ने गोरे लामालाई आइतबार नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका लामाको साथबाट ४० किलो गाँजा बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान गर्न लामालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस