वीरगन्ज–
वीरगन्ज उपमहानगरपालिका निवासी रञ्जन कुमार सिंह हिन्दू सम्राट नेपालको केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय प्रवक्ता पदमा मनोनीत भएका छन्।
संस्थाका महासचिव राकेश सनातनीद्वारा जारी बधाई पत्र अनुसार सिंहको नेतृत्वदायी भूमिका, सक्रियता र योगदानले हिन्दुत्वलाई थप सुदृढ तथा प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै सो जिम्मेवारी प्रदान गरिएको हो।
हिन्दू सम्राट नेपालको केन्द्रीय कार्यालय जनकपुरधामले नयाँ जिम्मेवारी पाएका सिंहलाई आगामी कार्यकालको पूर्ण सफलता, उत्रोत्तर प्रगति तथा उज्ज्वल भविष्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ।











