२०८३ भाद्र २३ गते, मंगलवार ०२:४६

रसुवाका बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजद्वारा प्रधानमन्त्री कोषमा ७५ लाख सहयोग

वरिगन्ज

रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज र नेपाल मेडिकल कलेज काठमाडौँले संयुक्त रूपमा ७५ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।

नेपाल मेडिकल कलेज प्रा.लि. (गोकर्णेश्वर, काठमाडौँ) र नेशनल मेडिकल कलेज प्रा.लि. (वीरगञ्ज) को संयुक्त योगदानस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ७५,००,००० (पचहत्तर लाख) रकम जम्मा गरिएको हो।

स्वास्थ्य सेवामा निरन्तर समर्पित दुवै शिक्षण अस्पतालहरूले विपद्को यस कठिन घडीमा आफ्नो सामाजिक उत्तरदायित्व (CSR) लाई उच्च प्राथमिकतामा राख्दै सहयोग हस्तान्तरण गरिएको जनाएका छन्। यस आर्थिक सहयोगले रसुवाका प्रभावित परिवारहरूलाई राहत वितरण, उद्धार कार्य तथा दीर्घकालीन पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउन ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।

मानवीय सेवाको भावनाबाट प्रेरित यस संयुक्त पहलले विपद्का बेला स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य तथा एकतालाई अझ सुदृढ बनाएको छ। आगामी दिनहरूमा पनि रसुवासहित देशका विभिन्न भागमा पर्ने प्राकृतिक विपद्का समयमा मानवीय तथा सामाजिक सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता दुवै मेडिकल कलेजले व्यक्त गरेका छन्।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस