२०८३ भाद्र २३ गते, मंगलवार ०२:४८

रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा उद्धार र खोजी अन्तिमसम्म जारी रहन्छ: प्रधानमन्त्री बालेन शाह

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा बेपत्ताको खोजीका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बाढीका कारण जलविद्युत् आयोजनाहरूमा सम्पर्कविहीन भएका नागरिकहरूको खोजी कार्य अन्तिमसम्म जारी राखिने बताएका हुन्। “हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौँ। हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाहा छ,” प्रधानमन्त्री शाहले भनेका छन्।

भदौ १० गते लाङटाङ हिमालको करिब ५,६०० मिटर उचाइबाट खसेको हिमपहिरिपछि भोटेकोशी नदीमा लेदोसहितको भीषण बाढी आएको थियो। बाढीले त्यस क्षेत्रका सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएको छ।

प्रभावित आयोजनाहरूमा सेना, प्रहरी, सशस्त्र प्रहरीका साथै मित्रराष्ट्रका विशेषज्ञ टोलीसमेत परिचालन गरी उद्धार कार्य भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्:

  • रसुवागढी जलविद्युत् आयोजना: हेडवक्र्स तथा भूमिगत पावरहाउसमा क्षति पुगेको छ। हेलिकप्टरमार्फत मिनी एस्काभेटर पुर्‍याएर नेपाली सेनाले सुरुङभित्र २७५ मिटरसम्म पुगी खोजी गरिरहेको छ।
  • लाङटाङ जलविद्युत् आयोजना: सेना र भारतीय विशेषज्ञ टोलीले सुरुङभित्र ६० मिटरसम्म पुगेर खोजी गर्दा दुई वटा शव फेला पारेको छ।
  • चिलिमे जलविद्युत् आयोजना: बबक्याट एस्काभेटर प्रयोग गरी सुरुङको ९० मिटर भित्र पुगेर दुई शव फेला पारिएको छ।
  • माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना: थर्मल ड्रोन र अत्याधुनिक उपकरणको सहयोगमा खोजी गर्दा सुरुङभित्र २० भदौमा १ जनाको जीवितै उद्धार गरिएको छ भने हालसम्म ३ वटा शव फेला परेको छ।

सीमित स्रोत र साधनका बाबजुद संवेदनशील घडीमा राज्य आफ्नो दायित्वबाट पछाडि नहट्ने भन्दै प्रधानमन्त्रीले खोजी कार्य निरन्तर रहने स्पष्ट पारेका छन्।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस