२०८३ भाद्र २३ गते, मंगलवार १५:०८

१७ वर्षको राप्रपा यात्रा छाड्दै जलेश्वर सर्राफ जय नेपाल पार्टीमा प्रवेश, रौतहट र पर्सा संगठन निर्माणको जिम्मेवारी

वीरगन्ज

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा करिब १७ वर्ष सक्रिय राजनीति गरेका जलेश्वर सर्राफ डा. धवलशम्शेर राणा नेतृत्वको नवगठित जय नेपाल पार्टीमा प्रवेश गरेका छन्। राप्रपाका पूर्व नगर अध्यक्षसमेत रहेका सर्राफलाई जय नेपाल पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारीसहित पर्सा र रौतहट जिल्लामा संगठन निर्माणको पूर्ण कमान सुम्पेको छ।

मधेश आन्दोलनलगायत विभिन्न राजनीतिक संघर्षहरूमा सक्रिय भूमिका निर्वाह गरिसकेका सर्राफले आफ्नो राजनीतिक अनुभव र सक्रियतालाई नयाँ पार्टीको संगठन विस्तार तथा जनसम्पर्कमा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशम्शेर राणा हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा स्पष्ट अडान राख्ने र वर्तमान गणतान्त्रिक व्यवस्थाप्रति असहमति जनाउने जिम्मेवार नेता भएको उल्लेख गर्दै सर्राफले देशको वर्तमान अवस्थाबाट निकास दिन र भावी पुस्ताको भविष्य सुनिश्चित गर्न जय नेपाल पार्टी नै बलियो वैकल्पिक शक्ति बन्ने दाबी गरे। १७ वर्ष लामो राजनीतिक अनुभव भएका सर्राफको आगमनसँगै पर्सा र रौतहटमा पार्टी संगठनले नयाँ गति लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस