२०८३ भाद्र २४ गते, बुधबार ०३:४०

माइतीघरमा दीप प्रज्वलन कार्यक्रमका क्रममा महिलाद्वारा आत्मदाहको प्रयास

काठमाडौँ

काठमाडौँको माइतीघर मण्डलामा आयोजित एक दीप प्रज्वलन कार्यक्रमका क्रममा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार आगो लगाउने प्रयास गर्ने महिला लक्ष्मी बस्नेत रहेकी छन्।

दीप प्रज्वलन कार्यक्रम चलिरहेकै बेला उनले शरीरमा आगो लगाएकी थिइन्। लगत्तै प्रहरी र स्थानीयले शरीरमा लागेको आगो निभाएर उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएका छन्।

अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्थाबारे थप जानकारी बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस