२०८३ आश्विन १२ गते, सोमबार २०:४६

प्रधान सेनापति ट्रफी–२०८३ शुभारम्भ

काठमाडौं-

प्रधान सेनापति महारथी अशोक राज सिग्देलले लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । 

नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूको खेलकौशल विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले वि.सं. २०६५ सालदेखि प्रधान सेनापति ट्रफी प्रतियोगिता सञ्चालन हुँदै आएको हो ।

यस वर्षको प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठ विधा समावेश गरिएको छ । प्रतियोगितामा नेपाली सेनाका पृतना तथा बाहिनीका १४ टोली सहभागी छन् ।

प्रतियोगिताअन्तर्गत आज सम्पन्न ५ किलोमिटर दौडमा महिलातर्फ मध्य पूर्वी पृतनाकी प्यूठ निर्मला के.सी. विजेता बनेकी छन् । पुरुषतर्फ उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा विजेता बन्नुभएको छ। विजेता खेलाडीहरूलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पुरस्कार वितरण गरेका थिए ।

उद्घाटन समारोहमा रथीवृन्द, अधिकृत, निर्णायक मण्डल तथा विभिन्न विधामा सहभागी खेलाडीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोट्र्स डे सम्पन्न, टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

काठमाडौं- रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोट्र्स डे सम्पन्न, टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

काठमाडौं- रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस

पोडकास्ट सुन्नुहोस