२०८३ आश्विन २७ गते, मंगलवार ११:५०

अश्लील र धम्कीपूर्ण अडियो सार्वजनिक भएपछि रास्वपा सांसद खगेन्द्र सुनार विवादमा, राजीनामाको माग

काठमाडौँ —

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार एक महिला पूर्वसांसदलाई लक्षित गरी अश्लील टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भएपछि गम्भीर विवादमा तानिएका छन्। केही वर्षअघि रेकर्ड गरिएको बताइएको उक्त अडियो सोमबार जनआस्था साप्ताहिकले सार्वजनिक गरेपछि राजनीतिक वृत्त र सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ।

सार्वजनिक अडियोमा प्रयोग गरिएको भाषा अत्यन्तै आपत्तिजनक र महिलाप्रति अपमानजनक रहेको भन्दै सुनारमाथि कारबाही हुनुपर्ने र उनले सांसद पदबाट राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ।

रास्वपाभित्रै असन्तुष्टि र आलोचना

अडियो सार्वजनिक भएपछि रास्वपाका आफ्नै सांसदहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन्। रास्वपा सांसद ज्वाला संग्रौलाले फेसबुकमा ‘अश्लील .. सुन्नै नसकिने’ भन्दै टिप्पणी गरेकी छन् भने अर्का सांसद राजीव खत्रीले ‘सुन्न नसकिने कुरा। यति भनौं, जस्तो कथनी, उस्तो भरनी’ लेखेका छन्। आफ्नै सांसदहरूको यो अभिव्यक्तिले घटनालाई लिएर पार्टीभित्र तीव्र असहजता पैदा भएको सङ्केत गरेको छ।

एमाले नेता प्रदीप ज्ञवालीको प्रश्न: रास्वपा किन मौन?

यसैबीच, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले घटनाको कडा शब्दमा भर्त्सना गर्दै रास्वपाको मौनतामाथि प्रश्न उठाएका छन्। उनले फेसबुकमा लेख्दै उक्त अभिव्यक्तिलाई ‘हिंस्रक, महिलाद्वेषी, अश्लील र परपीडक’ को संज्ञा दिएका छन्। आफ्नै सांसदको गम्भीर चरित्रमाथि प्रश्न उठ्दा पनि रास्वपा मौन रहनु बिडम्बनापूर्ण भएको भन्दै ज्ञवालीले यो मौनतालाई विवादास्पद पात्रको मौन अनुमोदनका रूपमा बुझिने चेतावनी दिएका छन्।

सांसद सुनार र प्रवक्ताको प्रतिक्रिया

विवाद चर्किएपछि प्रतिक्रिया लिन खोज्दा सांसद सुनारको फोन स्विच अफ रहेको छ र उनले अहिलेसम्म सार्वजनिक रूपमा आफ्नो धारणा राखेका छैनन्। यता रास्वपा प्रवक्ता जगदीश खरेलले आफू काठमाडौँ बाहिर रहेको र घटनाबारे पूर्ण जानकारी नभएको भन्दै तत्काल आधिकारिक प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस