२०८३ आश्विन २९ गते, बिहीबार १३:५७

नेपाली कांग्रेस महाधिवेशन: मधेसी खुलातर्फ अनिल रुंगटाको अग्रता कायमै

काठमाडौँ —

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको मधेसी खुला पुरुषतर्फको जारी मतगणनामा अनिल रुंगटाले आफ्नो अग्रता कायमै राखेका छन्।

मिडिया सेन्टरले उपलब्ध गराएको जारी मतगणनाको परिणामअनुसार कुल ३,९०० मत गणना हुँदा रुंगटाले २,१५५ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेता रामकृष्ण यादव १,७३८ मतका साथ दोस्रो स्थानमा छन् भने डा. गरिबदास ठाकुर १,७३६ मतसहित तेस्रो स्थानमा रहेका छन्।

अन्य उम्मेदवारहरूमा दिनेश यादवले १,५७८ मत, जितेन्द्र देवले १,५३६ मत, अशर्फी साहले १,५१४ मत, अशोककुमार शाहले १,३३९ मत, उमेशचन्द्र यादवले १,३०० मत, मिथलेश मिश्राले १,१६९ मत र जंगिलाल रायले १,०८४ मत प्राप्त गरेका छन्।

यसैगरी, परमेश्वर साहले १,०७० मत, श्रीप्रसाद राउतले ८१२ मत र लालबहादुर राउतले ७९६ मत पाएका छन्।

नेपाली कांग्रेसको विधानअनुसार मधेसी खुला पुरुषतर्फबाट ३ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ।

प्रतिक्रिया

न्यायाधीश बमका हत्याका दोषी बाबु थापा सर्लाहीमा पक्राउ, घरमै लुकेका थिए कि अर्को योजनामा? दुई पेस्तोल र १५ राउन्ड गोली बरामद

सर्लाही – सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी

न्यायाधीश बमका हत्याका दोषी बाबु थापा सर्लाहीमा पक्राउ, घरमै लुकेका थिए कि अर्को योजनामा? दुई पेस्तोल र १५ राउन्ड गोली बरामद

सर्लाही – सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी

पोडकास्ट सुन्नुहोस