२०८३ श्रावण २७ गते, बुधबार १९:२८

शेख हसिनालाई भारतबाट फिर्ता ल्याउन इन्टरपोलको सहयोग लिने

काठमाडौँ-

बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउन र उनको पार्टीका अन्य फरार नेता पक्रन अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलको सहयोग लिने भएको छ।

बीबीसी हिन्दीका अनुसार बंगलादेशको अन्तरिम सरकारले उनीहरूविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गर्न इन्टरपोललाई आग्रह गरेको छ।

बंगलादेशमा विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा ७०० भन्दा बढी जनाको मृत्यु भएको थियो।

गत जुलाई र अगस्टमा भएको उक्त आन्दोलन दबाउन हसिना र अन्य फरार अवामी लिगका नेताहरूले आदेश दिएको आरोप छ।

नयाँ अन्तरिम सरकारले हसिनालाई मानवताविरुद्धको अपराध गरेको आरोप लगाएको छ।  आन्दोलन खेप्न नसकेर तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि अगस्ट ८ मा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस