२०८३ बैशाख २ गते, बुधबार ०५:२२

खेलबाट राष्ट्रको विकास गर्नुपर्छः सभामुख घिमिरे

काठमाडौ – 

सभामुख देवराज घिमिरेले खेलबाट राष्ट्रको विकास गर्नेगरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित झापा निर्वाचन क्षेत्र नम्बर एकले आयोजना गरेको झापा १ काठमाडौं कप फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले खेलको क्षेत्रमा नेपाल क्रमशः अघि बढ्दै आइरहेको बताउनु भयो । उहाँले खेललाई राज्यले दिनुपर्ने जति महत्व दिन नसकेको गुनासो समेत गर्नुभयो । उहाँले खेलकुदमा हरेक ठाउँबाट सक्रियता लिने हो भने खेलकुद क्षेत्रमा धेरै अवसरहरु रहेको बताउनु भयो ।

राष्ट्रमा आवश्यक पर्ने नीतिदेखि व्यवहारहरुलाई सुधार गर्दै खेलकुदको क्षेत्रमा गर्नुपर्ने प्रगति सबै मिलेर मात्रै सम्भव रहेको बताउनु भयो । नेपालले केही समय यता खेलकुदमा प्रगति गर्दै आइरहेको र अझ बढी क्रिकेटमा नेपालले प्रगति हाँसिल गरिरहेको बताउनु भयो ।

सभामुख घिमिरेले नेपालका लागि खेलकुदमा भविष्य सुन्दर रहेको बताउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस