२०८३ असार २३ गते, मंगलवार १०:०३

राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौ – 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रुपबाट दुरुपयोग गर्ने कुचेष्टा भइरहेको बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक हिसावले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने बताउनु भयो । उहाँले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशिलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि बताएनु भयो । वैरभव पलायो भने बुद्धिजम नहुने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले बुद्ध धर्मममा उँचनिच नरहेकाले बुद्धका विचारलाई निःस्वार्थ भावले अपनाउनुपर्ने बताउनु भयो । आफू बुद्धवादको अध्येता नभइ बुद्धवाद मन पराउने मानिस भएको बताउनु भयो ।

प्रतिक्रिया

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

पोडकास्ट सुन्नुहोस