२०८३ बैशाख २ गते, बुधबार १२:१४

गढीमाई मन्दिरको दान पेटिका दोश्रो पटक खोलियो, ५ लाखभन्दा बढी भेटी संकलन

बारा-
बाराको महागढिमाई नगरपालिका वडा नम्बर १ स्थित रहेको शक्तिपिठ गढीमाई मन्दिर परिसरमा राखिएको दान पेटिका दोस्रोपटक खोलिएको छ ।

दान पेटिकाबाट रु ५ लाख २४ हजार, १६५ रुपैयाँ भेटी सङ्कलन भएको गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् ।

दान पेटिकाबाट विभिन्न थरीका सुनको गहना ३ थान ,चाँदीको ७ थान गहनासमेत सङ्कलन भएको उनले जानकारी दिएका हुन् । मन्दिर परिसरमा रहेका चार वटै दान पेटिकालाई १७ दिन पछि सार्वजनिक रुपमा खोलिएको थियो मेला मुल व्यवस्थापन समितिको उपाध्यक्ष कैलाश महतोले बताए ।

सो अवसरमा मुल समितिका पदाधिकारी, सशस्त्र प्रहरी , नेपाल प्रहरी , नगर प्रहरी ,सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस