२०८२ पुष २७ गते, आईतवार १३:५८

भन्सार छली चोरी पैठारी गरी ल्याईएको लसुन बरामद

पर्सा-

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ६ लाख बराबरको लसुन बरामद गरेको छ ।

मंगलबार राती ११ बजे पर्साको बिन्दबासिनी गाउँपालिका ३ झौवा गाँउका जोगिन्द्र यादवको गोठबाट अन्दाजी दुई हजार दुई सय पचास किलो परिमाणको लसुन बरामद गरेको हो ।

सिमा सुरक्षा गुल्म अलौका सशस्त्र प्रहरी नायव उपरिक्षक सुशिल बस्नेतको कमाण्डमा खटिएको १० जना र प्रहरी चौकी अमरपट्टीबाट पहरी वरिष्ठ नायव निरिक्षक मदन मल्लको कमाण्डमा १० जनाको संयुक्त टोलीले लसुन बरामद गरेको हो ।

भन्सार छली चोरी पैठारी गरी लुकाई राखेको अवस्थामा ८०र९० वटा बोरामा रहेको लसुन बरामद गरेको हो । बरामद लसुन भन्सार बुझाउने प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस