२०८३ असार ११ गते, बिहीबार ०१:३६

जलवायु परिवर्तनबाट हुने संकटलाई कम गर्न सरकार प्रतिवद्ध छः वनमन्त्री शाही

काठमाडौ –

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

नेपालको झन्डै ८० प्रतिशत जनसंख्या जलवायु प्रेरित जोखिमको सामना गरिरहेको दाबी गर्दै उहाँले सो असरलाई कम गर्न सरकार कटिवद्ध र प्रतिवद्ध रहेको बताउनुभएको हो ।

विश्व बाल दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शाहीले जलवायु संकटका कारण प्रभावित क्षेत्रका बालबालिकाहरुको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभुति गर्न सरकारले प्रभावकारी नीतिहरु र कार्यक्रमहरुको कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको बताउनु भयो ।

जलवायु संकट बाल अधिकारको संकट पनि भएको उल्लेख गर्दै उहाँले त्यस्ता संकट समाधानका लागि सरकारले जलवायु संकटको पैरवीलाई जोड दिनुपरेको स्पष्ट पार्नुभयो ।

त्यस अवसरमा मन्त्री शाहीले जलवायु संकट कम गर्नका लागि घर, परिवार र समुदाय स्तरमा नै जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस