२०८२ असार १७ गते, मंगलवार १६:०५

अभिलाष गुप्ता / पर्सा- 
जनता समाजवादी पार्टी नेपालको आयोजनामा आज पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पुर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लालबाबु राउतको बिशेष उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

 वीरगंज महानगरपालिका वडा नम्बर ३२ टेडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा शेरबाबुको नेतृत्वमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी पर्सागढी नगरपालिका वडा नम्बर ९ एकटांगामा आयोजित पार्टी प्रवेश कार्यक्रमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ को क्षेत्रीय सचिव मिलन यादवको नेतृत्वमा दर्जन भन्दा बढि नेताहरु जसपा नेपालमा प्रवेश गरेका थिए ।

नव प्रबेसिहरुलाई पुर्व मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सांसद सिंहासन साह कलवार,नेताहरु शशिकपुर मिया, राम नरेश यादव , सुरेन्द्र कुर्मी , संतोष सरार्फ ,सुधिर पाण्डे लगायत पार्टीका नेताहरुले टीका लगाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस