२०८२ असार १७ गते, मंगलवार १९:४४

काठमाडौ – 

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले चीनसँग विगतमा गरिएको सम्झौताहरु कार्यान्वयनमा हुनुपर्ने कुरामा जोड दिएको बताउनुभएको छ ।

महमन्त्री थापाले बीआरआई सम्झौता कार्यान्वयन अघि चीनसँग विगतमा गरिएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने आफूहरुको चाहना रहेको प्रष्टयाउनुभएको हो । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमती अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरुको अडान रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सो सम्बन्धमा एमालेसँग मतभिन्नता भएको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन आफूहरु सक्षम रहेको पनि बताउनु भयो ।

महामन्त्री थापाले सो परियोजनालाई अघि बढाउने विषयमा एमालेसँग साझा धारणा बढाएर अघि बढ्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस