२०८२ चैत्र ३० गते, सोमबार १८:१२

वीरगन्ज महानगरपालिका र साहिब दरबार वीरगन्जको समन्वयमा ३७६ थान कम्बल वितरण

वीरगन्ज –

वीरगन्ज महानगरपालिकाले साहिब दरबार वीरगन्ज नेपालको समन्वयमा बुधबार पनि विभिन्न वडाका गरिब, एकल महिला, र ज्येष्ठ नागरिकलाई लक्षित गरी कम्बल वितरण गरेको छ। जाडो मौसममा चिसोबाट प्रभावित विपन्न समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले महानगरपालिकाले यसपालि पनि कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिएको हो।

साहिब दरबार वीरगन्जका अध्यक्ष उमेशलाल सहनीका अनुसार, बुधबार वीरगन्ज–१९ बिन्दवासिनी र बरवा गाउँमा १७६ जनालाई तथा वीरगञ्ज–१६ नगवामा २ सय जनालाई कम्बल वितरण गरिएको छ। यसरी कुल ३७६ जनाले न्यानो कपडाको सहयोग पाएका छन्।

कम्बल वितरण कार्यक्रममा साहिब दरबार वीरगन्जकी अभिभावक अन्नपूर्णा मानन्धर, संगिता दास, सुरज गुप्ता, बरकतुन नेशा, हफिज मियाँ, वीरगन्ज–१९ का वडा सदस्य उपेन्द्र यादव र विनोद चौरसिया, वीरगन्ज–१६ का वडा सदस्य लवंगी देवीलगायतको उपस्थिति थियो।

प्रहरी जवान हत्या प्रकरण: पूर्वप्रेमिका सोनी र उनका श्रीमान्‌सहित चार जना सार्वजनिक गरिँदै, ‘श्रीमती’ नभएको प्रहरीको स्पष्टोक्ति

वीरगन्ज- पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरमा भएको प्रहरी जवान विकास चौरसियाको

पोडकास्ट सुन्नुहोस