२०८३ आश्विन २० गते, मंगलवार ०३:३१

सर्वोच्चको आदेश: ओली र लेखकमाथिको अनुसन्धान चैत २६ भित्र सक्नू, नभए थुनामुक्त गर्नू

काठमाडौँ –
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान चैत २६ गतेभित्र टुङ्ग्याउन आदेश दिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उनीहरूलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गर्दै अनुसन्धानका लागि समय सीमा तोकिदिएको हो।

अदालतले आगामी बिहीबार (चैत २६ गते) भित्र अनुसन्धान सम्पन्न हुन नसकेको खण्डमा उनीहरूलाई थुनामुक्त गर्न समेत सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्चको आदेशमा भनिएको छ, “ओली र लेखकलाई फौजदारी कार्यविधि संहिताको प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नू गराउनू।”

गत भदौ २३ गते भएको ‘जेनजी’ (Gen Z) आन्दोलनका क्रममा १९ जनाको ज्यान जाने गरी अत्यधिक बल प्रयोग भएको र उक्त हिंसा रोक्न प्रयास नगरेको गम्भीर आरोपमा दुवै नेतालाई चैत १४ गते पक्राउ गरिएको थियो। ज्यान मुद्दाको कसुरमा प्रहरीले जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

उनीहरूलाई थुनामा राख्ने जिल्ला अदालतको निर्णयविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अनुसन्धानलाई छिटो टुङ्ग्याउन र २६ गतेसम्म पनि प्रमाण नपुगे वा अनुसन्धान नसकिए थुना बाहिरै राखेर प्रक्रिया अघि बढाउन भनेको हो।

यो आदेशसँगै अब सरकार र प्रहरी प्रशासनलाई २६ गतेभित्रै मुद्दाको अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने दबाब बढेको छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस