२०८२ असार १७ गते, मंगलवार ०६:४१

काठमाडौं – 

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनले क्षेत्रीय विकास, विशेष गरी गाजा पट्टीको अवस्थाबारे छलफल गर्नुभएको छ ।

इजिप्टको राष्ट्रपति कार्यालयले सिसिले टेलिफोन वार्ताका क्रममा अक्टोबर २०२३ देखि गाजामा युद्धविराम सम्झौतामा पुग्न कतार र संयुक्त राज्य अमेरिकासँगको साझेदारीमा इजिप्टले गरेका प्रयासहरूको समीक्षा गर्नुभयो । सिसिले हालै सम्पन्न गाजा युद्धविराम–बन्धक रिहाइ सम्झौता क्षेत्रमा शान्ति पुनस्र्थापनाको लागि मुख्य स्तम्भ भएकोमा जोड दिनुभयो । यसको कार्यान्वयन सुनिश्चित गर्न र गाजामा पर्याप्त मात्रामा मानवीय सहायताको निर्वाध प्रवाहलाई सहज बनाउन इजिप्टका निरन्तर प्रयास जारी राखेको बताउनु भयो ।

उहाँले सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न संयुक्त अन्तर्राष्ट्रिय प्रयासहरूको महत्वमा जोड दिनुभयो । दुई नेताहरूले सिरियाको अवस्थाको बारेमा पनि छलफल गर्नुभयो । जहाँ सिसीले सिरियाको एकता, यसको क्षेत्रहरूको अखण्डता र यसको जनताको सुरक्षा जोगाउन इजिप्टको उत्सुकता, साथै सिरियामा स्थिरता पुनस्र्थापित गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रयासहरूको आवश्यकतालाई जोड दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस