२०८२ असार १७ गते, मंगलवार ०७:००

सिमरा-

बाराकाे सिमरास्थित ईलाका प्रहरी कार्यालयको प्रहरी हिरासतबाट भागेका एक थुनुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीले उनलाई आइतबार साँझ सिमराबाट नियन्त्रणमा लिएको हो

बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले हिरासतबाट फरार थुनुवा महेश चौधरीलाई नियन्त्रणमा लिइएको बताए । घटनाको विषयमा प्रहरीले केही बेरमा जानकारी गराउने प्रवक्ता सापकोटाले बताए ।

चौधरी अभद्र मुद्दाको अनुसन्धानको क्रममा माघ ९ गतेदेखी ईलाका प्रहरी कार्यालय सिमराकाे हिरासतमा थिए ।आइतबार दिउँसो थुनुवा कक्षकाे फोहोर फ्याँक्न निस्किने क्रममा चौधरी फरार भएकाे बताएका थिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस