२०८३ जेष्ठ १७ गते, आईतवार ०३:५१

पर्सागढी–६ को चैनपुर, बागेश्वरी र तित्रौनामा घरदैलो, रिमा यादव भन्छिन्– जनताको विश्वास जित्ने अभियान जारी

पर्सा-

नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा यादवले पर्सागढी नगरपालिका वडा नम्बर–६ अन्तर्गत चैनपुर, बागेश्वरी र तित्रौना टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्।

घरदैलो अभियानका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै यादवले शिक्षा, स्वास्थ्य, रोजगारी र सडक–पूर्वाधार सुधारलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताइन्। “राजनीति सत्ता होइन, सेवा हो। जनताको समस्या बुझेर समाधान गर्ने प्रतिबद्धतासहित म चुनावी मैदानमा आएको हुँ,” उनले भनिन्।

कार्यक्रममा एमालेका क्षेत्रीय तथा जिल्ला तहका नेताहरू, युवा तथा महिला संघका प्रतिनिधि, स्थानीय बुद्धिजीवी र सयौँ कार्यकर्ताको सहभागिता रहेको थियो। नेताहरूले रिमा यादवलाई जिताउन एकढिक्का भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै पर्सा–२ मा एमालेको जित सुनिश्चित हुने दाबी गरे।

घरदैलो अभियानमा सहभागी टोलीले घरघर पुगेर मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्दै आrगामी दिनमा विकास निर्माणमा प्राथमिकता दिने प्रतिबद्धता जनाएको थियो। स्थानीय बासिन्दाले पनि विकासमुखी योजना ल्याए समर्थन गर्ने प्रतिक्रिया दिएका थिए।

अभियानपछि संक्षिप्त कार्यक्रममा बोल्दै नेताहरूले पर्सा–२ मा एमालेप्रति बढ्दो जनसमर्थन देखिएको भन्दै आगामी निर्वाचनमा रुखभन्दा सूर्य उदाउने विश्वास व्यक्त गरे।

रिमा यादवको घरदैलो कार्यक्रम आगामी दिनमा अन्य वडा तथा टोलहरूमा पनि निरन्तर सञ्चालन हुने एमाले पर्सा–२ ले जनाएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस