२०८२ असार १७ गते, मंगलवार ०१:२४

काठमाडौं-

डीपसीक के हो अमेरिकी शेयर बजारमा तबाही मच्चिएको छ । एआईमा काम गर्ने सबैभन्दा ठूलो टेक कम्पनीमध्येको एक एनभिडियाको शेयर १७ प्रतिशतले घटेको छ । कम्पनीको बजार पूँजीकरण ५९० अर्ब डलरले घटेको छ । अमेरिकी शेयर बजारको इतिहासमा कुनै पनि कम्पनीले एकै दिनमा यति ठूलो नोक्सानी बेहोरेको छैन । यो सब चीनको नयाँ एआई असिस्टेन्ट कम्पनी डीपसीकका कारण भएको हो ।

डीपसीक के हो ?
डिपसीक एक चिनियाँ एआई कम्पनी हो जुन दक्षिणपूर्वी चिनियाँ शहर हाङझोउमा स्थापित भएको छ। कम्पनीले जुलाई २०२३ मा लन्च गरेको थियो, तर यसको लोकप्रिय एआई असिस्टेन्ट एप जनवरी १० देखि अमेरिकामा लन्च गरिएको छ ।

कम्पनीले अब एआई मोडेलहरू विकास गरेको छ जुन ओपन(सोर्स हुन् र विश्वभरका विकासकर्ताहरूलाई उनीहरूको टेक्नोलोजीसुधार गर्न मद्दत गरिरहेका छन्। यो ओपन सोर्स डिपसीक–भी३ मोडेलद्वारा संचालित छ, जुन यसका अनुसन्धाताहरूले ६० लाख डलरभन्दा कममा विकास गरिएको दाबी गरेका छन् ।

एपले के गर्छ ?
एप स्टोरमा यसको विवरण अनुसार, यो ूतपाईंको प्रश्नहरूको जवाफ दिन र तपाईंको जीवनलाई कुशलतापूर्वक सुधार गर्नू डिजाइन गरिएको छ।

अमेरिकाको प्रभुत्वमाथि प्रश्न 
चीनको एआई असिस्टेन्ट अमेरिकामा सबैभन्दा बढी रेटेड र डाउनलोड गरिएको निःशुल्क एप बनेको छ । डिप्कसीकले आर्टिफिसियल इन्टेलिजेन्समाथि अमेरिकाको प्रभुत्वको भविष्यमाथि प्रश्न उठाएको छ । यसले अमेरिकी प्रविधि बजारमा हलचल मच्चाएको छ र च्याटजीपीटी, जेमिनी र क्लाउड एआई जस्ता कम्पनीहरूलाई हल्लाएको छ।

सिलिकन भ्यालीका भेन्चर क्यापिटलिस्ट मार्क एन्ड्रिसेनले डिपसीकलाई ुएआईको सबैभन्दा आश्चर्यजनक र प्रभावशाली सफलताु भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले च्याटजीपीटी निर्माता ओपनएआई, सफ्टबैंक र ओरेकलसँग मिलेर ५०० अर्ब डलरको नयाँ उद्यमको घोषणा गरेको केही दिनपछि डिपसेकको पछिल्लो एप आएको हो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस