२०८२ असार १७ गते, मंगलवार ११:०८

वीरगंज-

वीरगंज को वार्ड नम्बर १६ नगवा स्थिति रहेको सनलाईट कलेजमा एक कार्यक्रम बिच लाइब्रेरी उदघाटन गरिएको छ l सो कलेजको डाइरेक्टर डिके चौरसियाले रिवन काटेर लाइब्रेरीको उदघाट्न गरेका हुन् ।

कक्षा ११ , १२ र बिबिएको बिद्यार्थीहरुको लागी निशुल्क पढ्नको लागि लाइब्रेरी उदघाटन गरिएको कलेज प्रसासनले जनाएको छ ।

सो कार्यक्रममा प्रधानाध्यापक आलोक चौरसियाले बिद्यार्थीहरुको चौतर्फी विकास गर्नेको लागी अहिले देखि नै बैंक , प्रहरी , सेना , संस्थान , शिक्षक सेवा , पाठ्यसामग्री अनुसार कक्षा ११ , १२ बिबिए आदीको आधुनिक किताब राखिएको जानकारी गराएl प्रत्येक दिन स्थानीय , राष्ट्रिय पत्रपत्रिका मागाउने जानकारी गराउनु भएको हो ।

उनले भने, “बिद्यार्थीहरुलाई सिसिक्यामराबाट निगरानी गरिनेछ ।” सो कार्यक्रममा सहायक प्रधानाध्यापक रंगराजन चौरसिया , शिक्षक दिनानाथ साह , रामबाबु बैठा , सोनिया सरार्फ साथै बिद्यार्थीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस