काठमाडौं-
नेपाली काँग्रेसको संसदीय दलको बैठकमा संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्न माग गरेका छन् ।
शुक्रवार संसद भवनस्थित ल्होत्से हलमा बसेको बसेको काँग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगमी संघको निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्नेगरी आवश्यक व्यवस्था मिलाउन माग गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले स्थानीय तहको निर्वाचन भन्दा अगाडि आम निार्वचन गर्ने व्यवस्था मिलाउन सांसदहरुले जोडदार माग गरेको बताउनु भयो ।

उहाँले आज सांसदहरुले बोल्ने क्रम सकिएको तर मन्त्री र पार्टीका पदाधिकारीहरुले बोल्न बाँकी रहेकाले २४ गते पुनः संसदीय दलको बैठक बस्ने जानकारी दिनुभयो । उहाँले बैठकमा सांसदहरुले सरकारले ल्याएको अध्यादेश, आफ्नो क्षेत्र विकासनिर्माणका कुराहरु उठाउनुभएको बताउनु भयो ।
बैठकमा पाथीभरा केबलकारको बारेमा पनि सम्बन्धित जिल्लाका सांसदहरुले आफ्ना धारणा राख्नुभएको बताउनु भयो ।