काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिको वन्ध्याकरण भएको बताउनुभएको छ ।
शुक्रवारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै उहाँले गएको ६ महिनामा संसदीय राजनीतिमा सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा वन्ध्याकरण भएको बताउनु भयो । उहाँले संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता नीतिगत सुधार रहेको बताउनु भयो ।