२०८२ असार १७ गते, मंगलवार ०४:०६

काठमाडौं- 

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र अहिले ६ महिना पहिलाको जस्तो भयावह स्थितिमा नरहेको बताउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रका परिसूचकहरु राम्रो रहेको बताउनु भयो । नराम्रा परिसूचकहरु पनि अहिले सुधारोन्मुख रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन र माग बढाउन सरकार लागि परेको बताउनु भयो । अर्थतन्त्रमा नगद प्रवाह गर्न सरकार बन्ने वित्तिकै लामो समयदेखि भुक्तानी नदिने सरकारी रवैयालाई परिर्वतन गरेको बताउनु भयो ।

निर्माण व्यवसायीको कानूनसम्मत रुपमा सिर्जना भएको तर भुक्तानी नभएको विगत आर्थिक वर्षदेखिको ३० अर्ब रुपैयाँको दायित्व फरफारक गरेको उल्लेख गर्नुभयो । ३५ जिल्लाका १५ लाख भन्दा बढी दुग्ध किसानलाई सरकार बनेको एक सय दिनभित्रै भुक्तानी दिएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै माग बमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगहरूको गठन गरिएको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस