२०८२ असार १७ गते, मंगलवार ०७:२५

काठमाडौं-

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको निलम्वन तत्कल फुकुवा नगरे कानूनी उपचार खोज्ने चेतावनी दिएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन पार्टी उपसभापति डा.स्वर्णिम वागलेले यस्तो चेतावनी दिनुभएको हो । उहाँले सभापति लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लागाउनु भयो । उहाँले संवैधानिक व्यवस्थाकको बेवास्ता गर्दै  लामिछानेलाई निलम्बन गरिएको उल्लेख गर्दै उहाँले रास्वपाले यसको कानूनी निदान खोज्ने बताउनु भयो ।

 विश्व राजनीतिमा नयाँ शक्तिलाई नस्वीकार्ने, खिसिट्युरी गर्ने र आक्रमण गर्ने चलन नै रहेको उल्लेख गर्नुभयो । उहाँले आफूहरुले सभामुखको ध्यानाकर्षण गराएको उल्लेख गर्दै तत्कालै निलम्वन फुकुवा नगरे सदन चल्न नदिने संकेत गर्नुभयो ।

वर्तमान सरकारले अध्यादेशबाट कानून ल्याउने, संवैधानिक परिषद्लाई खल्बल्याउने काम गरिरहेको बताउनु भयो । उहाँले सामाजिक सञ्जाल सञ्चालन तथा नियमनसम्बन्धी विधेयक फिर्ता लिएर पुनः पेस गर्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस