२०८२ असार १७ गते, मंगलवार ०७:००

वीरगंज –

यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजको टयाक्टर फाँटमा कार्यरत्त कर्मचारी केबिन्द यादवको एक पछि अर्को भ्रष्टाचारका प्रमाण प्रकाशमा आएको छ ।

सो फाँटमा कार्यरत्त सहायक पाचौं स्तरका कर्मचारी भ्रष्टाचारका मामिलामा गन्हाईसकेका केबिन्द यादवले सेवाग्राहीहरुलाई झुक्याउदै रातो मसीको दुरुपयोग गर्दै लुटतन्त्र नै मच्चाएका हुन् ।

यातायात व्यवस्थाको नियमावली अनुसार ५ वर्ष सम्म कुनै पनि गाडीको नविकरण फेल भए पछि पुनः दर्ता गराउने प्रावधान रहेकोमा त्यस्ता गाडीहरुलाई भ्रष्ट प्रवृतिका केबिन्दले २ हजार देखि ५ हजार सम्म घुसको रकम असुली रातो मसीको दुरुपयोग गरेको पाईएको छ ।

पुनः दर्ता गर्ने क्रममा जमुन मियाँ धोबी, लहावरथकरी–५ पर्साको नाममा रहेको ना ४ त ८६११ को निजी टयाक्टर २०८१-०९-२४ गतेको मितिमा भ्रष्ट केबिन्द यादवले दर्ता गरेका छन् । रातो मसीको प्रयोग गर्ने अधिकार कही कतैबाट केबिन्द यादवलाई नभएतापनि उनी रकमको बलमा अनाधिकृत रुपमा अधिकृतको हस्ताक्षर गरी कानुन र नियमावलीलाई ठाडो चुनौती दिदै आएका छन् ।

यादवलाई कुनै पनि कागज पेश मात्र गर्ने अधिकार भए पनि उनी पदको दुरुपयोग गर्दै सयौं सवारी नामसारी, नविकरण र सवारी दर्ता गर्ने क्रममा रातो मसीले हस्ताक्षर गरी सदर गर्ने गरेका छन् । जुन कानुन विपरितका कार्यहरु हुन् ।
उनी वीरगंज यातायातमा वर्षौ दिन देखि कहिले लाईसेन्स शाखा, कहिले मोटरसाईकल फाँट, कहिले ठूलो सवारी फाँट, कहिले कार जिप फाँटमा अड्डा जमाउदै हाल उनी टयाक्टर फाँटमा कार्यरत्त रहेका छन् ।

वीरगंजको यातायात कार्यालयमा बसी करोडौं करोड कमाउन सफल व्यक्तिको रुपमा चिनिएका भ्रष्ट केबिन्दलाई रातो मसीले हस्ताक्षर गरी सदर गर्ने अधिकार नभएतापनि उनले गरेका कालाकर्तुतहरुको दर्जनौं प्रमाणहरु यस अनलाईन सँग सुरक्षित रहेको छ ।

घुसको रकमको बलमा जे पनि गर्न सकिने आँट भएका कर्मचारी यादवले बिना बिमा र प्राविधिकको हस्ताक्षर नभएतापनि प्रति टयाक्टर, अटोरिक्सा, ईरिक्सा, टेम्पोमा २ हजार देखि २५ सय र प्रति मोटरसाईकलमा ५ सय लिई नामसारी र नविकरण गर्ने गरेको स्रोतले जनाएको छ ।

टयाक्टर, अटोरिक्सा, ईरिक्सा, टेम्पोको बिमा गर्दा १० हजार लाग्ने र मोटरसाईकलको बिमा गर्दा १७ सय देखि २ हजार लाग्ने भएकोले सेवाग्राहीहरुले पनि आफ्नो रकम बचाउन घुस दिने गरेको र अनाधिकृत अधिकृत यादवले रातो मसी लगाई घुस लिने गरेको ती स्रोतको भनाई रहेको छ ।

यादवले घुसको रकम असुल्न आफ्ना नातामा भाई पर्ने अजय यादव र साढुभाई पर्ने रमेश यादवलाई बिचौलियाको रुपमा प्रयोग गर्ने गरेको बताईन्छ । अजय यादव र रमेश यादवको सवारी शाखाको करारमा पनि नियुक्ती नभएतापनि टयाक्टर फाँटमा अड्डा जमाई बस्दै आएको जो कोहीले पनि सजिलै हेर्न सक्छ ।

अजय र रमेशले बाहिर सेवाग्राहीहरुलाई मरमोलाई गरी पटयाउने र कुरो मिलेपछि केबिन्द यादव सँग सम्पर्क गराई मालामाल गर्ने गराउने गरेको बताईन्छ ।

भ्रष्ट प्रवृतिका केबिन्द यादवको कालाकर्तुहरु माथि छानबिन गरी आवश्यक कानुनी कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायहरु सँग पिडित सेवाग्रहीहरुको माग रहेको छ । साभार-पदाफस दैनिक

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस