काठमाडौं-
सरकारले ‘भविष्यका लागि सिमसार संरक्षण’ भन्ने नाराका साथ आईतवार विश्व सिमसार दिवस मनाएको छ ।
सिमसार क्षेत्रको संरक्षणका लागि जनचेतना बढाउन तथा संरक्षण र प्रवद्र्धन गर्नको लागि वन तथा वातावरण मन्त्रालयले एक समारोहका बीच सिमसार दिवस मनाएको हो । कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सिमसार क्षेत्र पारिस्थिति प्रणालीको हिसावले महत्वपूर्ण क्षेत्र भएको बताउनु भयो ।

उहाँले नेपालका सयौं तालतलैयाहरु सिमसार र रामसार क्षेत्रमा पर्ने भएकाले तिनको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो । उहाँले सिमसार क्षेत्रको संरक्षण्मा समयमै ध्यान पु¥याउन नसके भविष्यमा ठूलो समस्या सिर्जना हुने बताउनु भयो ।
उहाँले सिमसार क्षेत्रको संरक्षणका लागि सबैले सहकार्य गर्दै अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।