काठमाडौं-
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो हुने बताउनुभएको छ ।
आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै उहाँले अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताउनु भयो । उहाँले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरु पूरा बताउनु भयो । उहाँले संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको बताउनु भयो ।

उहाँले अध्यादेश नानी बाबुहरुले घर पुतली खेले जस्तो विषय नभएको बताउनु भयो । उहाँले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताउनु भयो । उहाँले पूरा नगरेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताउनु भयो । उहाँले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताउनु भयो ।
उहाँले खिचडी राजनीतिलाई बिहष्कार गर्न सुझाव दिनुभयो ।