२०८२ असार १७ गते, मंगलवार ०७:१५

काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्र्रेस, नेकपा एमाले र नेकपा(माओवादी केन्द्र) बाट देश बन्छ भनेर पर्खिने छुट नरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तिनै पार्टी र नेतृत्वमा रहेकाहरुबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु देश बर्बाद पार्ने काममा सहभागि हुनु भएको टिप्पणी गर्नुभयो । उहाँले मुलुक करिब साढे तीन दशकदेखि काँग्रेस, एमाले र माओवादीको वरिपरि घुमिरहेको भएपनि मुलुकको विकास हुन नसकेको बताउनु भयो ।

उहाँले राप्रपा एउटा पार्टी मात्र नभई देश र धर्म बचाउने अभियान भएको उल्लेख गर्दै देश बनाउने र देश बचाउने अभियानमा सहभागि हुन सबैमा अपिल समेत गर्नुभयो । उहाँले आफूले राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको बताउँदै जुनसुकै मन्दिर जान तयार रहेको बताउनु भयो ।

उहाँले आफूले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर हो भनेर राजनीति गरिरहेको उल्लेख गर्दै उक्त कुरा राप्रपाको सिद्धानन्तको रुपमा स्थापित भइसकेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस