२०८२ चैत्र २९ गते, आईतवार १६:१०

ग्रिनसिटी सामुदायिक प्रहरीको बिट नजिक बालकको शव फेला

पर्सा —

वीरगन्ज–१० आदर्शनगरमा मंगलबार राति नवजात शिशुको शव भेटिएको छ । ग्रिनसिटी सामुदायिक प्रहरीको बिट नजिक रहेको नालामा करिब ७ महिनाको जस्तो देखिने बालकको शव फेला परेको हो ।

राति करिब ८ बजेर २० मिनेटमा स्थानीयले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्लास्टिकमा बेरेर फ्याँकिएको अवस्थामा वडा प्रहरी कार्यालय वीर्ता र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शव फेला पारेको थियो ।

शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा पठाइएको छ । परीक्षणपछि मात्र शिशुको शवबारे थप जानकारी आउन सक्ने पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।

पत्रकारहरूका लागि वित्तीय साक्षरता अनुशिक्षण: “दैनिक ५४ अनलाइन ठगीका घटना, सचेतना फैलाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण”

हेटौंडा, ३० चैत आर्थिक पत्रकारिताको माध्यमबाट समाजमा वित्तीय चेतना फैलाउने

पत्रकारहरूका लागि वित्तीय साक्षरता अनुशिक्षण: “दैनिक ५४ अनलाइन ठगीका घटना, सचेतना फैलाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण”

हेटौंडा, ३० चैत आर्थिक पत्रकारिताको माध्यमबाट समाजमा वित्तीय चेतना फैलाउने

पोडकास्ट सुन्नुहोस