२०८२ असार १७ गते, मंगलवार १२:४०

काठमाडौं-

सत्तारुढ दल नेपाली काँग्रेसले सरकारले जारी गरेको अध्यादेशको समर्थन गरेको छ ।

बिहीवार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्यादेशको समर्थन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकले बैठक काँग्रेसका सम्पूर्ण सांसदलाई संसद र समितिका गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशिल रहन निर्देशन दिएको बतउनु भयो ।

राष्ट्र र जनताका हितमा पूर्ण रुपमा समर्पित रही काम गर्दै सोहीअनुसार विधायनको कार्य गर्ने जनताका सरोकारका विषय सदनमा उठाउन निर्देशन दिएको छ । बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्न संविधानको व्यवस्थाबमोजिम धेरै कानून निर्माण गर्न बाँकी रहेको भन्दै संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्व संसदमा प्रश्तुत गर्न सरकारलाई आग्रह गरेको छ । विचाराधिन रहेको विधेयकहरु आउँदो अधिवशेनबाट पारित गर्न संसदीय समितिमा आवश्यक नेतृत्वदायी भुमिका निर्वाह गर्न नेपाली काँग्रेसका सम्पूर्ण सांसदहरुलाई निर्देशन गरेको छ ।

अध्यादेश संसदबाट पारित गर्नका लागि प्रतिनिधि सभामा सहज भएपनि राष्ट्रिय सभामा केही सदसयको कमी हुने भएकाले जनता समाजवादी पार्टी, नेपालले सहयोग गर्ने सहमति बनिसकेको बताउनु भयो । उहाँले जसपा, नेपालले समर्थन गरेसँगै आजै अध्यादेश पारित हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस