काठमाडौं-
महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।
थाइल्याण्डले सिरिजमा खेलेका ५ मध्ये ४ मा जित र १ मा हरका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । सिरिजमा नेपाल र थाइल्याण्ड तेस्रो पटक आमने सामने हुदैछन् । अघिल्लो दुवै भेटमा थाइल्याण्डले नेपाललाई हराएको थियो ।
नेपाल र थाइल्याण्डबीचको यो खेलले नै उपाधि टुंगो लगाउने हुँदा यो खेल महत्वपूर्ण रहेको छ । नेपालले थाइल्याण्डमाथि फराकिलो जित निकालेमा नेदरल्याण्ड्सले सिरिज जित्नेछ । थाइल्याण्ड सामान्य अन्तरमा पराजित भएमा या नेपाललाई पराजित गरेमा विजेता बन्ने छ ।