काठमाडौं-
नेपाली काँग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथि धरपकड गरिरहेको उल्लेख गर्दै कवाड व्यवसायीको जिउधनको सुरक्षा गर्न माग गर्नुभएको छ ।
शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग राख्नुभएको हो । उहाँले कवाड व्यवसायीलाई काठमाडौं महानगरपालिकाले भौतिक संरचनाको तोडफोड र व्यवसायीलाई धरपकड गरिरेको उल्लेख गर्नुभयो । उहाँले देशमा संचालित उद्योगहरुलाई चाहिने कच्चा पदार्थ आपूर्ति र देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको महत्वपूर्ण भुमिका खेलेको भएपनि महानगरले अराजक शैलीमा अपहरण गरिरहेको उहाँको आरोप छ ।

उहाँले व्यवसायीहरुलाई कुटपिट, गाली गलौज जस्ता अभद्र व्यवहार भइरहेको उल्लेख गर्दै कवाड व्यवसायीमाथि भइरहेको अराजगत गतिविधि रोक्नुपर्ने माग गर्नुभएको हो ।
कवाड व्यवसायीहरुले वातावरणीय सरसफाईमा समेत योगदान गर्दै आएको उहाँको भनाइ छ ।