पर्सा –
पर्सा जिल्लाको ठोरी गाउँपालिकामा आज बिहान एक जना पुरुषको शव फेला परेको छ। अन्दाजी ४५ वर्षीय पुरुषको शव झाडीमा फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
ठोरी गाउँपालिका वडा नम्बर ५ बाघमोर्चा पुलको दक्षिण र भारतिय सीमा नजिक शव भेटिएको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
मृतक पुरुष भारतको पश्चिमी चम्पारण मानपुर थाना अन्तर्गत चौहाटा निवासी राजदेव माझि रहेको प्रहरीले पुष्टि गरेको छ। घटनाको प्रकृति हेर्दा उनको हत्या गरेर फालिएको हुनसक्ने आशंका गरिएको छ। मृतकको साथबाट मोबाइल र डायरी फेला परेको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक रन्जित लामाले जानकारी दिए।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
Post Views: 39