२०८२ असार १६ गते, सोमबार २३:४१

काठमाडौं-

प्रतिपक्षी दलहरूले विरोध गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटको स्थगित भएको छ ।

शुन्य समय सकिएछि नेपाली काँग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाउँदै बैठक अवरोध गरेपछि बैठक स्थगित भएको हो । सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग प्रतिपक्षीले राखेका थिए । उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिएपनि प्रतिपक्षीहरुले अडान नछाडेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस