२०८२ असार १७ गते, मंगलवार ०४:१५

वीरगन्ज/ प्रशन्ना सिंह 

प्याब्सन वीरगन्जको आयोजनामा हुने नेपाल मै पहिलो प्रथम प्याब्सन अन्तर विद्यालय महिला क्रिकेट टुर्नामेण्ट र १२ वर्ष मुनीको अन्तर विद्यालय क्रिकेट प्रतियोगिता शनिवार देखि सुरुभएको छ । वीरगन्ज स्थित ज्ञानदा एकडेमीमा एक कार्यक्रमको आयोजना गरी खेलको उदघाटन गरीएको छ ।अ

उदघटन कार्यक्रम प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो। यो प्रतियोगीता प्याब्सन अर्नतरगत नेपल मै पहिलो पल्ट वीरगन्जमा ह्दै छ । प्रथम संस्करणको अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा २१ वटा विद्यालयले सहभागिता जनाएको छ भने १२ वर्ष मुनीको अन्तर विद्यालय पुरुष क्रिकेट प्रतियोगितामा २० वटा विद्यालय सहभागी हुनेछन्।

प्रतियोगिता संचालनका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने बताउँदै अध्यक्ष श्रीवास्तवले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने टिमहरुलाई पुरस्कृत गरिने जानकारी दिए। अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता देशमै पहिलो पल्ट आयोजना गरीएको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि वरिगन्ज महानगरपलिकाका उप प्रमुख ईम्तीयाज आलमले पानसमा दियो बालि खेलको उदघाटन गर्नु भएको थियो वहाँले प्याब्सन पर्साको बीरगन्ज नगरकमिटिले देशमै पहिलो पल्ट महिला क्रिकेट लाई विधालय स्तरमै प्रेत्साहन स्वरुप प्रतियोगीता गराउदाँ यसले आउने दिनमा साना पविीन जस्तै महिला खेलाडि उतपादन गर्न अहम भसमिका निर्वाह गर्ने बिशवास लिएको बताए । खेलले बिधार्थीहरुको जिवन लाई अनुसासीत तथा समुहगत निर्णय लिन सक्ने बिकासको माध्यम भएकोले यसता कार्यक्रमको लागी आफु र वीरगन्ज महानगरपलिका सधै सहगोग तथा साथको लागी त्यारहेको प्रतिबदता जानाएका थिए ।

कार्यक्रममा मधेस प्रदेशका उपाध्यक्ष पुरन प्रधान, पूर्व सचिव सन्नी पाख्रिन लगायत विभिन्न विद्यालयका संस्थापक प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्याब्सन महानगर सचिव अमित आलोकले गरेका थिए।

यी प्रतियोगिताहरुले नयाँ प्रतिभाहरु उदाउने र क्रिकेट प्रति युवाहरुमा रुचि बढाउने अपेक्षा आयोजनले गरेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस