२०८२ चैत्र ३० गते, सोमबार १८:१२

वीरगन्जमा भानु प्लाजा होटलमा छापामारी, गलत सूचनाको खुलासा

वीरगन्ज —

इलाका प्रहरी कार्यालय श्रीपुर, पर्साले वीरगन्ज महानगरपालिका अन्तर्गत बसपार्कस्थित भानु प्लाजा होटलमा छापामारी गरेको छ। होटलमा अवैध गतिविधि भइरहेको सूचना पाएपछि प्रहरी टोलीले यो कार्यवाही गरेको हो। तर, छापामारी पछि होटलमा कुनै अवैध वा अश्लिल गतिविधि भइरहेको प्रमाण प्रहरीले पाएनन्।

प्रहरी निरीक्षक श्याम बस्नेतका अनुसार, केही व्यक्तिहरूले होटलमा अश्लिल गतिविधि भइरहेको भन्दै प्रहरीलाई सूचना दिएका थिए। तर, छापामारी गर्दा होटलको सिसिटिभि फुटेज र अन्य जाँचबुझबाट कुनै पनि अवैध गतिविधिको प्रमाण फेला परेन। उनले बताए, “हामीले सबै जाँच गर्यौं, तर कुनै गलत गतिविधि भइरहेको प्रमाण पाइएन। यसैले होटल सञ्चालकलाई सम्झाइएर प्रहरी टोली फर्किएको छ।”

प्रहरीको अनुसार, यो सूचना व्यक्तिगत रिसाइबी साध्नका लागि गलत तरिकाले दिइएको हुन सक्छ। प्रहरी निरीक्षक बस्नेतले यस्ता गलत सूचनाहरूले प्रहरीको समय र स्रोत बर्बाद गर्ने बताउँदै यस्तो कार्य गर्ने व्यक्तिहरू विरुद्ध कडा कारबाही गरिने बताए।

यस्तै गलत सूचना दिएर प्रहरीलाई भ्रमित पार्ने प्रयास गर्ने घटनाहरू राजधानी काठमाडौंमा पनि देखिएका छन्। केही दिन अघि राजधानीमा पनि गलत सूचना दिएर प्रहरीलाई भ्रमित पार्ने केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको थियो।

प्रहरीको समय र स्रोतलाई सही तरिकाले उपयोग गर्न आग्रह गरेको छ। साथै, यस्ता गतिविधिहरूमा संलग्न व्यक्तिहरू विरुद्ध कडा कानूनी कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रहरी जवान हत्या प्रकरण: पूर्वप्रेमिका सोनी र उनका श्रीमान्‌सहित चार जना सार्वजनिक गरिँदै, ‘श्रीमती’ नभएको प्रहरीको स्पष्टोक्ति

वीरगन्ज- पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरमा भएको प्रहरी जवान विकास चौरसियाको

प्रहरी जवान हत्या प्रकरण: पूर्वप्रेमिका सोनी र उनका श्रीमान्‌सहित चार जना सार्वजनिक गरिँदै, ‘श्रीमती’ नभएको प्रहरीको स्पष्टोक्ति

वीरगन्ज- पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरमा भएको प्रहरी जवान विकास चौरसियाको

पोडकास्ट सुन्नुहोस